२०८१ असोज ३, बिहिवार , ०२:४१:१५ बजे

Sajhamanch
'

शिवशताक्षीमा खुर्पाले हानेर श्रीमतीको हत्या

मङ्गलवार, भदौ ४, २०८१

शिवशताक्षी । झापा शिवसताक्षी नगरपालिकामा श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीको हत्या भएको छ।

 श्रीमानको खुर्पा प्रहारबाट शिवशताक्षी नगरपालिका वडा नम्बर ८ निपत्रिया निवासी  २९ वर्षीया रन्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ४४ वर्षीय ओमप्रसाद अधिकारीले खुर्पा प्रयोग गरेर रन्जनाको हत्या गरेको स्थानीयवासीले  बताए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेको टोली प्रहरी पुगेको छ। प्रहरीले श्रीमान ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर