२०८१ कार्तिक १०, शनिवार , ०२:५९:४६ बजे

Sajhamanch
'

घोडामाराका राई र राजवंशी लागूऔषधसहित पक्राउ

मङ्गलवार, साउन २२, २०८१

बिर्तामोड । भद्रपुर–९ घोडामाराका अरेन्जय राजवंशी र कृष्ण राई लागूऔषधसहित पक्राउ परेका छन् ।

भारतबाट लागूऔषध ल्याउँदै गरेका ४६ वर्षीय राजवंशी र २५ वर्षीय राईलाई प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीको टोलीले पक्राउ गरेको हो ।

सोमबार दिउँसो पौने ५ बजेतिर साइकलमा आउँदै गरेका उनीहरुमाथि शंका लागेपछि प्रहरीले निन्दा खोलाको पुलमा रोकेर जाँच गरेको थियो ।

त्यसक्रममा प्रहरीले राजवंशीको साथबाट प्लाष्टिकसहित ५ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर