२०८१ कार्तिक १०, शनिवार , ०९:४५:४२ बजे

Sajhamanch
'

मेचीनगर र दमकबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

शनिवार, साउन १९, २०८१

बिर्तामोड । लागूऔषध बेच्ने र नेपाल ल्याउने तीनजना दमक र मेचीनगरबाट पक्राउ परेका छन् ।

दमक–३ बेलडाँगी बस्ने २३ वर्षीया प्रमिला गुरुङलाई लागूऔषध बेचबिखन गरिरहेको अवस्थामा शुक्रबार साँझ प्रहरी चौकी बाघखोरले पक्राउ गरेको हो ।

उनको साथबाट प्रतिबन्धित ब्राउन सुगर प्लास्टिकसहित १ ग्राम ६६० मिलिग्राम र प्लास्टिकबाहेक १ ग्राम ५८० मिलिग्राम भेटिएको थियो ।

त्यस्तै, शुक्रबार राति ०९ः५५ बजे मेचीनगर–६ पुरानो मेचीपुलबाट मेचीनगर–१० का २९ वर्षीय राजीव शाह र २८ वर्षीय मोहम्मद अजिम लागूऔषध र मोटरसाइकलसहित पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले भारतबाट नेपालतर्फ मे.१० प १३३८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्लास्टिकसहित ५ ग्राम ७९० मिलिग्राम, प्लास्टिकबाहेक ४ ग्राम १७० मिलिग्राम लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर