
बिर्तामोड । सुपारी उत्पादक किसान संघले नेपालमा उत्पादीत सुपारीका समस्या समाधानका लागि पहल गरिदिन ध्यानाकर्षण गराउँदै संघीय सरकारलाई पत्र पठाएको छ ।
संघले प्रधानमन्त्री, संघीय संसदका सभामुख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, अर्थ मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रीलाई हालै ध्यानाकर्षण पत्र पठाएको हो ।
संघका अध्यक्ष नीलकण्ठ तिवारी र सचिव मुक्तिनाथ गौतमद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सुपारी खेतीको अवस्था, समस्या र समाधानको उपाय सुझाइएको छ ।
उक्त संघ अखिल नेपाल किसान महासंघमा आबद्ध छ ।