२०८१ पौष २२, सोमवार , ०२:०३:३८ बजे

Sajhamanch
'

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

आइतवार, साउन १३, २०८१

बिर्तामोड । झापाका सबै पालिकामा एकवर्षे अवधिमा झन्डै ४७ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुईवटा बहुवर्षे २० दशमलव ४७ किलोमिटर गरी कूल ४६ दशमलव ८५ किलोमिटर सडक कालोपत्र गरेको हो ।

कार्यालय मातहत १४ किलोमिटर सडक मर्मत भएका र २३ दशमलव ३०२ किलोमिटर ग्राभेल भएका कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताए । उनका अनुसार चारवटा मोटरेवल पुल समेत निर्माण भएका छन् ।

झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा ३ दशमवल ५ किलोमिटर सडक मर्मत, ४ दशमलव २८२ किलोमिटर ग्राभेल, ३ किलोमिटर कच्ची सडक, २ दशमलव २०५ किलोमिटर सोलिङ र शून्य दशमलव ३५५ किलोमिटर सडक कालोपत्र गरेको छ ।

दुईवटा मोटरेवल पुल समेत निर्माण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा पूँजीगत र चालु गरी प्राप्त गरेको २ अर्ब १४ करोड ७६ लाख ५० हजार रुपैयाँ बजेटमध्ये १ अर्ब ५७ करोड ७० लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ ।

वित्तीयतर्फ कार्यालयले गत आर्थिक वर्षमा ७३ प्रतिशत प्रगति हासिल गरेको छ ।

सम्बन्धित खबर