२०८१ मंसिर ७, शुक्रवार , १०:१९:०४ बजे

Sajhamanch
'

भट्टराईले लिए विशिष्ट सदस्यको शपथ, मैनाली चार्टर्ड एकाउण्टेन्स् नियुक्त

आइतवार, साउन १३, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ट सदस्यमा मनोनीत निर्मल भट्टराईले शपथ लिएका छन् ।

शनिबार संघको सभाहलमा आयोजित कार्यक्रममा उनले उक्त पदको शपथ लिएका हुन् । भट्टराईलाई संघका अध्यक्ष राजु न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

संघको विधान २०७३ को परिच्छेद नंं. ३ को दफा ६.१ को उपदफा “घ” मा व्यवस्था भए अनुसार संघको कार्यकारिणी समितिको विशिष्ट सदस्यमा उनलाई मनोनयन गरिएको थियो ।

गत बिहीबार बसेको संघको कार्यसमिति बैठकले निर्मल स्टोरका प्रोप्राइटर रहेका भट्टराईलाई संघको सो पदमा मनोनीत गरिएको हो ।

बिर्तामोडका युवा व्यवसायी भट्टराई नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् । उनी एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष पनि छन् ।

त्यस्तै, बिर्तामोड निवासी एञ्जिला मैनाली संघको चार्टर्ड एकाउण्टेन्स्मा नियुक्त भएकी छन् । विशिष्ट सदस्य पदको शपथ लिएपछि भट्टराईले संघको विधान अनुसार व्यवसायीको पक्षमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

यस्तै, मैनालीले व्यवसायीलाई करका विषयमा आवश्यक परामर्श दिने र समस्या देखिए सुल्झाउन सहयोग पुर्याउने प्रतिवद्धता जनाइन् । सो कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।