
बिर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड सडक खण्डमा गुडिरहेको पिकअपको चक्का खुस्किँदा दुर्घटना भएको छ ।
प्रहरीका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि, इलाम स्टेण्ड नजिकै पिकअप गाडी आज दिउँसो दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्ल्युबि ७३ इ ६२६६ नम्बरको भारतीय पिकअप दुर्घटनामा परे पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।