
मेचीनगर । कमल गाउँपालिका–४ का ४१ वर्षीय धनबहादुर लिम्बू खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनी बुधबार साँझ काँकरभिट्टास्थित मेची पुलबाट उक्त लागूऔषधसहित पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले लिम्बूलाई पक्राउ गरेको हो ।
बा.५३ प १२४५ नम्बरको मोटरसाइकल चढेर आइरहेका उनलाई जाँच गर्दा प्लास्टिकमा पोको पारेर हेलमेटभित्र लुकाइएको प्रतिबन्धित खैरो हेरोइन भेटिएको थियो ।