२०८२ कार्तिक १७, आइतवार , १२:५४:०६ बजे

Sajhamanch
'

कविता : उचाइ र धरती

मङ्गलवार, साउन ८, २०८१
  • राजेश ढुंगाना

मैले
हिमालको उचाइमा
किन गर्व गर्नु ?
अब
त्यो समय
मसँग बाँकी छैन
शिरमा लगाएको टोपीले
पाइतालाको
भार थाम्ने होइन
धरातल नै नरहेपछि
शिर हुनुको
कुनै अर्थ रहन्न रहेछ
मलाई त
टेक्ने धरातल पो
चाहिएको छ
यहाँका हाम्रा
कुनै पनि उचाइहरूले
देशका
थुपै्रै–थुपै्र अनुत्तरित
प्रश्नहरूको
कहिल्यै जवाफ दिन सकेनन्
हो,
शिरमा लगाएको टोपीले
पाइताला टेक्ने
धरती बनाउन सकेन !

मङ्गलवार, साउन ८, २०८१ | सासंक

सम्बन्धित खबर

देशभर चलचित्र ‘परान’ प्रदर्शनमा
शुक्रवार, कार्तिक १५, २०८२
भद्रपुरमा गंगा आरतीसहितको छठपूजा
सोमवार, कार्तिक ११, २०८२
नदी किनारमा छठ पूजाको तयारी तीव्र
आइतवार, कार्तिक १०, २०८२