२०८१ कार्तिक १, बिहिवार , ०७:५६:४६ बजे

Sajhamanch
'

गाँजासहित गाडी पक्राउ

मङ्गलवार, साउन ८, २०८१

विराटनगर । लागुऔषध गाँजासहित गाडी प्रहरीले पक्राउ गरेको छ।

सुनसरी जिल्लाको बराहक्षेत्र–९ राजावासस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएका प्रहरी निरीक्षक विकास राईको टोलीले आज मंगलबार पक्राउ गरेको हो।

चक्रघट्टीबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च. ३५७५ नं. को महिन्द्र बलेरोलाई शंका लागी रोक्न खोज्दा उक्त महिन्द्रा गाडी नरोकी भाग्दा गोली समेत चलाउन बाध्य भएको सुनसरी प्रहरीले जनाएको छ।

गाडी पटक–पटक रोक्न खोज्दा नरोकी तीव्र गतिमा भाग्न खोजेकाले उक्त गाडी रोक्न बाध्य भई चाइनिज पेस्तोलबाट १ राउण्ड गोली फायर गरिएको र गाडी छोडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गाडी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिकले बेरेको पोकामा (२४७ केजी) लागुऔषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज विकास राईले जानकारी दिए।

सुनसरी प्रहरीको अनुसार कानूनबमोजिम उक्त गाडी र गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई राखिएको र चालकको खोजतलास लगायतको थप अनुसन्धान भइरहेको छ।

मङ्गलवार, साउन ८, २०८१ | अपराध, समाज

सम्बन्धित खबर