२०८१ कार्तिक २, शुक्रवार , १०:१३:३० बजे

Sajhamanch
'

हल्दिबारीमा चालकलाई बेहोस बनाएर स्कुटर लुटियो

मङ्गलवार, साउन ८, २०८१

बिर्तामोड । झापाको हल्दिबारीमा एक अपरिचित व्यक्तिले चालकलाई बेहोस बनाएर स्कुटर लुटेर लगेका छन् । स्कुटर चालकसँग घरसम्म पुर्याइदिन सहयोग मागेका उनले स्कुटर लुटेका हुन् ।

हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी बताउने व्यक्तिले मेचीनगर ५ का २२ वर्षीय पुजन श्रेष्ठको प्रदेश १–०१–०१५प–३४४८ नम्बरको स्कुटर हल्दिबारीको भेलागुडी जंगलमा लुटेर लगेका हुन् ।

बुबाको नागरिकताको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय गएका श्रेष्ठसँग ती व्यक्तिको त्यहीँ चिनजान भएको थियो । आफू पनि नागरिकताको प्रतिलिपि बनाउन आएको उनले श्रेष्ठलाई बताएका थिए ।

अपरान्ह ४ बजेतिर आफ्नो घरनजिकै रहेको र घर जाने काम पर्यो भनेर ती व्यक्तिले श्रेष्ठसँग लिफ्ट मागेका थिए ।
श्रेष्ठसँग चाबी मागेर आफैँ स्कुटर कुदाएका उनले भेलागुडी जंगलमा आफ्ना दुईजना साथी बोलाएर लछारपछार गर्दै कुटपिट गर्नुका साथै अनुहारमा स्प्रे छर्केर बेहोस बनाएका थिए ।

त्यसपछि उनीहरुले स्कुटर लुटेको श्रेष्ठकी भाउजू अम्बिका भण्डारीले बताइन् । घाइते र बेहोस भएका श्रेष्ठ राति पौने २ बजेतिर मात्र घर पुगेको उनले जानकारी दिइन् ।

आफूहरुले हुलियासहित स्कुटर लुट्नेहरुलाई खोजी गरी कारबाही गर्न प्रहरीलाई उजुरी दिएको भण्डारीले जानकारी दिइन् ।

सम्बन्धित खबर