
मोरङ। मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१० खनार का ३० बर्षीय सुरेन्द्र कुमार विश्वास रहेका छन् ।
लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राजेपाम ट्याब्लेट लेखिएको ५० चक्की सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका विश्वासको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।