२०८१ भदौ २२, शनिवार , १०:५६:१९ बजे

Sajhamanch
'

झापामा डेंगु उच्च सङ्क्रमण, कोशीमा ३९६ जनामा डेंगु

मङ्गलवार, साउन ८, २०८१

झापा । झापासहित १० वटा जिल्लामा डेंगु सङ्क्रमण दर उच्च देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं, झापा, चितवन, मकवानपुर, ओखलढुंगा, तनहुँ, भोजपुर, डोटी, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लामा उच्च संक्रमण रहेको जनाएको छ । महाशाखाले गत पुस १६ देखि साउन ३ गतेसम्मको तथ्यांक सार्वजनिक गरेको छ । जसमा १० जिल्लामा उच्च सङ्क्रमण रहेको देखिएको छ ।

महाशाखाका अनुसार हाल देशका ७३ जिल्लाका १६ सय ५७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा ५७० जना डेंगुको सङ्क्रमण देखिएको छ । कोशीमा ३९६, गण्डकीमा २५६, लुम्बिनीमा १९६, सुदूरपश्चिममा १७५, मधेस प्रदेशमा ४१ र कर्णाली प्रदेशमा २३ जनामा डेंगुको सङ्क्रमण भएको छ।

मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लामा भने हालसम्म डेंगु सङ्क्रमण देखिएको छैन भने यसअघि संक्रमण नदेखिएको मुगु जिल्लामा अघिल्लो महिना २ जना संक्रमित भएका थिए ।