
झापा । भारतबाट लागू औषध ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय कारोबारी पक्राउ परेका छन् ।
सोमबार दिउँसो ३ः३० बजे झापाको मेचीनगर-६ स्थित काँकडभिट्टा बसपार्कमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दार्जिलिङ खोरीवारि थाना बस्ने २२ वर्षीय अब्बास राजग्र र सोही ठाउँ बस्ने २२ वर्षकै मफिजुद्यिन अन्सारीलाई लागू औषधसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्लास्टिकबाहेक १० ग्राम ७४० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।