२०८१ कार्तिक २, शुक्रवार , ०२:०३:०१ बजे

Sajhamanch
'

शेयर बजार सामान्य बढ्यो, झन्डै १४ अर्ब रुपैयाँको कारोबार

सोमवार, साउन ७, २०८१

काठमाडौं । केही दिनयता उच्च अङ्कले बढिरहेको शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से २ दशमलव १५ अङ्कले बढेर २ हजार ४८८ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज ३०९ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ ।

सोमवार, साउन ७, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर