२०८१ कार्तिक २, शुक्रवार , ०२:१४:३५ बजे

Sajhamanch
'

जनताको चाहनाअनुसार संविधान संशोधन हुन सक्छ : उपप्रधानमन्त्री सिंह

सोमवार, साउन ७, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुन सक्ने बताएका छन्।

सहिद स्मृति प्रतिष्ठानले सोमबार गरेको ञवर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्रझ विषयक गोष्ठीमा बोल्दै सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताए।

‘जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिन्छ। देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ,’ उनले भने। उनले तीनै तहका सरकारले काम गर्नुपर्ने पनि बताए।

वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालनको वातावरण बनाउने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने दाबी पनि उनले गरेका छन्।

सम्बन्धित खबर