
काठमाडौं । सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँ मूल्य रहेको सुन यस दिन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।
साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१० रुपैयाँ रहेको चाँदी आज १७९० रुपैयाँमा झरेको छ ।