
झापा । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत लेखा अधिकृत अमृता कोइराला ६ लाख घुससहित पक्राउ परेकी छन् ।
औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत् सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसारउनलाई डेढ लाख नगद र ४ लाख ५० हजारको चेकसहित भरतपुर महानगरपालिका- ४, कटहर चोकबाट नियन्त्रणमा लिइएको हो ।