२०८१ कार्तिक २, शुक्रवार , ०८:४९:४२ बजे

Sajhamanch
'

सुनको मूल्य तोलामा १३०० रुपैयाँले घट्यो

आइतवार, साउन ६, २०८१

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १३०० रुपैयाँले घट्दै १ लाख ४६ हजार २०० रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १३०० रुपैयाँले नै घट्दै १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

आइतवार, साउन ६, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर