२०८१ कार्तिक २, शुक्रवार , ०८:१४:०१ बजे

Sajhamanch
'

कन्काई नदीमा बगाएर काठ तस्करी

शुक्रवार, साउन ४, २०८१

झापा। झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई नदीमा बगाएर ल्याउँदै गरेको अवस्थामा सखुवाको काठ बरामद गरिएको छ ।

आज बिहान शिवसताक्षी–१० स्थित कन्काई माई खोलाबाट गाडीको टिउमा बाँधी अवैध रुपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक बन उपभोक्ता समितिसहितको टोलीले उक्त खोलामा सखुवा जातको १९ क्युफिट बरामद गरेको हो ।

काठको मूल्य करिब ५७ हजार रुपैयाँ पर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काठ आवश्यक कारबाहीका लागि गैंडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको छ ।

सम्बन्धित खबर