२०८१ कार्तिक २, शुक्रवार , ११:५२:४६ बजे

Sajhamanch
'

क्यान्सरपीडित बालक बचाउन सहयोग जुट्दै

शुक्रवार, साउन ४, २०८१

मेचीनगर । क्यान्सर रोगबाट पीडित मेचीनगर–११ का १४ वर्षीय क्षितिज अधिकारीको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ ।

रगतमा क्यान्सर भएका उनको उपचारका लागि आर्थिक सहयोग गर्न परिवारजनले आह्वान गरेपछि धमाधम रकम जुट्न थालेको हो ।

सो वडाको हरित ग्रीन टोल विकास संस्थाबाट गच्छेअनुसार संकलित १४ हजार ३ सय ४५ रुपैयाँ बिरामीकी हजुरआमा सुभद्रा अधिकारीलाई हस्तान्तरण गरिएको संस्थाका सदस्य छविलाल अधिकारीले बताए ।

त्यस्तै, भानु टोल विकास संस्थाका पूर्वअध्यक्ष लिलन प्रसाईंका अनुसार टोलमार्फत स्वेच्छिक रुपमा संकलन गरिएको ६ हजार ६० रुपैयाँ क्यू.आर. विधिबाट सिधै अस्पतालमा पठाइएको छ ।

अस्पतालमै रहेका बिरामीका बुवा भीमप्रसाद अधिकारीले अहिलेसम्म आफ्नो वडाका ५ वटा टोल विकास संस्थाबाट ४१ हजार ७ सय १० रुपैयाँ प्राप्त भएको जानकारी दिए ।

उक्त वडाका बाँकी २० वटा टोल विकास संस्थामा पनि सहयोग संकलन अभियान चलिरहेको बताइएको छ ।

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत् बिरामीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बुवा भीमप्रसादले साझामञ्चकर्मीलाई बताए ।

एनएमबी बैंकमा बिरामी क्षितिज अधिकारीको नाममा खोलिएको १९६०२२९८७४४०००१९ नम्बरको खातामा पनि सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ ।

सम्बन्धित खबर