
काठमाडौँ । सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् ।
छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन् ।