२०८१ पौष २६, शुक्रवार , ११:५६:०३ बजे

Sajhamanch
'

भद्रपुर नगर प्रहरीले समाउन थाल्यो बिरुवा खाने खसीबाख्रा

मङ्गलवार, साउन १, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाको नगर प्रहरीले महेन्द्र पार्कअगाडिको सडक किनारका बिरुवा खाने चौपाया समाउन सुरु गरेको छ ।

सौन्दर्यकरणका लागि गत वर्ष पार्कअघि रोपिएको सिरीष र रोयल पामको बिरुवामा चोट पुर्याएपछि भद्रपुर ८ नम्बर वडा कार्यालयले नगर प्रहरी लगाएर खसीबाख्रा समात्न थालेको हो ।

वडा अध्यक्ष मनोज सुब्बा (गौरव) ले नगर प्रहरीले खसीबाख्रा समाउँदै गरेको र तिनले बिरुवामा पुर्याएको चोटको फोटो फेसबुकमा पोस्ट गरेका छन् ।

चौपायाले बिरुवामा चोट पुर्याउँदा मर्ने सम्भावना अत्यधिक हुने र हुर्किहाले पनि नसप्रिने वडा अध्यक्ष सुब्बाले बताए ।

नगरपालिकाले विगत ४ वर्षयता महेन्द्र पार्कको पुनर्निर्माण गरिरहेको छ । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरु पार्कभित्र हुर्किरहेका छन् ।

भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा १ बिघा २ कट्ठा १० धुर जग्गामा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको संख्या पनि बढिरहेको छ ।

पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फूलबारीमा नयाँ फूल रोप्ने, पुराना गोड्ने र झारपात फ्याँकेर चिटिक्क बनाउने काममा नगरपालिकाले कर्मचारीहरु परिचालन गर्दै आएको छ ।

मङ्गलवार, साउन १, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर