
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् ।
मंगलबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गरेका हुन् । योसँगै यी तीन विधेयकले कानुनी रूप लिएर कार्यान्वयनमा गएका छन् ।
यसअघि यी विधेयक संसद्को दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरिएको थियो ।