२०८१ पौष २६, शुक्रवार , ०६:४४:३५ बजे

Sajhamanch
'

मेचीनगरले एक वर्षमा पूरा गर्यो ५१६ योजना, अधूरा १० योजना अघि बढ्ने

मङ्गलवार, साउन १, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले एक वर्षे अवधिमा ५ लाख रुपैयाँदेखि करोडबढी लगानीका पूर्वाधारमध्ये ५१६ वटा योजना पूरा गरेको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी नेतृत्वको सो नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनयोजित बजेटबाट ती योजना पूरा हो । स्थानीय, प्रदेश र संघबाट विभिन्न शीर्षकमा विनियोजित रकमबाट नगरमा ५१६ वटा योजना सञ्चालन गरिएको थियो ।

नगरको भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमालका अनुसार समयमै सम्झौता नभएका १० वटा अन्य योजना सम्पन्न हुन सकेका छैनन् ।

ती अधूरा योजनालाई पनि अल्या गरेर नयाँ आर्थिक वर्षमा सञ्चालन गरिने जानकारी दिँदै उनले एक वर्षमा जनअपेक्षा अनुरूप कार्य भएको बताए ।

त्यस्तै, नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरले जनउत्तरदायित्वलाई सधैं ख्याल गरेको उल्लेख गर्दै नयाँ आर्थिक वर्षका लागि जनमुखी कार्यक्रम र योजना थप गरिएको बताए ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार नगरको गतवर्ष चालु खर्च १ अर्ब ३३ करोड थियो भने चालुवर्ष १ अर्ब ३६ करोड छ । त्यस्तै, खर्च ८०.४५ प्रतिशत, पूँजीगत खर्च ७३.०४ प्रतिशत, चालु खर्च ८४.०४ प्रतिशत रहेको उनले बताए ।

त्यसैगरी, महिला तथा बालबालिका क्षेत्रका १६ वटा योजनामध्ये १३ वटाको काम सम्पन्न हुँदा सामाजिक योजनामा ४० मध्ये ३७ वटा पूरा भएको छ । जुन ९२.५ प्रतिशत प्रगति हो ।

अब क्रमिक रुपमा टोल विकास संस्थाहरुको भूमिकालाई थप प्रभावकारी बनाउँदै स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने लक्ष्य नगरले लिएको छ । नगरले स्वास्थ्यतर्फ ९८.०३ प्रतिशत, शिक्षातर्फ ९५.०५ प्रतिशत र कृषितर्फ १९ वटा योजनामध्ये १२ वटाको काम सम्पन्न गरेको छ ।

त्यसमा ६३.१५ प्रतिशत, ७६५ जनालाई अनुदान उपलब्ध, पशुविकासमा ८ वटा योजनामध्ये ७ वटाको काम पूरा भएको छ । त्यसमा ८७.०३ प्रतिशत काम भएको छ ।

नगरले सेवा प्रवाह लक्ष्य अनुसार आईटीलाई अटोमेसन गरेर पेपरलेस सर्भिस दिने र डिजिटल प्रोफाइल बनाउने योजना अघि सारेको छ ।

नगरले नागरिक वडापत्र डिजिटल, कृषक सूचीकरण, परिचय पत्र बाँड्ने, सामुदायिक विद्यालयमा ध्यान केन्द्रीत गर्दै प्रधानाध्यापकहरुको मूल्यांकन गर्ने लगायत तयारी गरिरहेको जनाइएको छ ।

सम्बन्धित खबर