२०८१ कार्तिक ३, शनिवार , ०२:४५:२८ बजे

Sajhamanch
'

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख ४७ हजार ८०० रुपैयाँ पुग्यो

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १ हजार ८८५ रुपैयाँ रहेको थियो ।

मङ्गलवार, साउन १, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर