२०८१ कार्तिक ३, शनिवार , १०:१९:५४ बजे

Sajhamanch
'

मेचीनगरले रोक्यो ९० वटा बिलको भुक्तानी

मङ्गलवार, साउन १, २०८१

मेचीनगर। मेचीनगर नगरपालिकाले आफ्नो खातामा पैसा हुँदाहुँदै ९० वटा बिलको भुक्तानी रोकेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कार्य सम्पन्न भएका स्थानीय परियोजनाको प्रक्रियाबमोजिम बिल स्वीकृत भए पनि अन्तिममा आएर लेखा शाखाले चेक नबनाएर बिनाकारण भुक्तानी रोकेको हो ।

नगरपालिकाले यसपटक पेस भएका शतप्रतिशत बिलको भुक्तानी दिनेगरी पर्याप्त बजेटको व्यवस्था मिलाएको जनाएको थियो । तर, भुक्तानीका लागि चेक नबनाउँदा विभिन्न स्रोत र शीर्षकबाट विनियोजित बजेट यसपालि पनि फ्रिज भएको छ ।

चेक काट्न मिल्ने अन्तिम दिनको राति १२ बजेसम्म लेखा शाखाका कर्मचारीहरुले कार्यालयमै बसेर चेक काटेका थिए । बेलैमा पेस र स्वीकृत भएका बिलको भुक्तानी बेलैमा नगरेर अन्तिम रात चेक काट्ने लेखा शाखाको शैली यसपालि पनि दोहोरियो ।

स्वार्थ समूहको प्रभावमा परेर लेखा शाखाले कतिपयको भुक्तानीलाई प्राथमिकतामा राखेको र कतिपयलाई पूर्वाग्रह राखेर दुःख दिन भुक्तानी रोकेको चर्चा चलेको छ ।

सबै सेवाग्राहीको चेक काटेपछि खबर गर्नुपर्ने र सकभर सेवाग्राहीको बैंक खातामा भुक्तानी पठाइदिने व्यवस्था मिलाउनुपर्नेमा लेखा शाखाले खास आस्था, सम्बन्ध र स्वार्थ भएका व्यक्ति वा संस्थाको मात्र भुक्तानी सहज बनाएर अरुलाई दुःख दिने गरेको एकजना पीडितको दाबी छ ।

भुक्तानी रोकिनेहरुमा सर्वसाधारण, स्थानीय उपभोक्ता समूह, साना विकासे परियोजना र मेचीनगर सञ्चार प्रतिष्ठानको लेखनवृत्तिको रकम पनि परेको छ ।

मुलुकमै पहिलोपल्ट मेचीनगरमा गठन भएको प्रतिष्ठानले स्थानीय मिडियाको प्रवर्धनका लागि लोककल्याणकारी विज्ञापन, तालिम र लेखनवृत्तिका लागि बजेट छुट्याएको थियो ।

प्रतिष्ठानका लागि नगरपालिकाले छुट्याएको बजेटले बिलको भुक्तानी दिन पुग्थ्यो । तर, नगरपालिकाको लेखा शाखाले चेक नबनाएपछि भुक्तानी रोकिएको छ ।

सम्बन्धित खबर