२०८१ कार्तिक ३, शनिवार , ०५:१४:३९ बजे

Sajhamanch
'

कुवेतमा भएको सवारी दुर्घटनामा झापाकी जलिनाको मृत्यु

मङ्गलवार, साउन १, २०८१

बिर्तामोड । झापा बिर्तामोडकी एक महिलाको कुवेतमा वैदेशिक रोजगारीका क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–९ घर भएकी २६ वर्षीया जलिना तामाङको कुवेतको मंगाफ क्षेत्रमा बिहीबार सवारी दुर्घटनामा मृत्यु भएको हो । उनलाई बाटो काट्ने क्रममा कारले ठक्कर दिएको पारिवारिक स्रोतले जनाएको छ ।

अल–जाजिरा कम्पनीमा कार्यरत उनी चार महिनाअघि कुवेत गएकी थिइन् । उनको एक छोरी र श्रीमान् रहेको पारिवारिक स्रोतले जनाएको छ ।

मङ्गलवार, साउन १, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर