२०८१ कार्तिक ३, शनिवार , ०३:५५:३१ बजे

Sajhamanch
'

कन्डक्टरले चलाएको बसको ठक्करबाट झापामा मोटरसाइकल चालकको मृत्यु

मङ्गलवार, साउन १, २०८१

झापा । कन्डक्टरले चलाएको बसले हिजो साँझ झापाको कनकाईमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

साँझ अन्दाजी ७ बजेको समयमा कनकाई नगरपालिका २ पवित्रा पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल गाउँपालिका-५ बस्ने वर्ष अन्दाजी ४१ का लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको हो । तत्काल नाम, थर, वतन नखुलेका घाइतेलाई बीएण्डसी हस्पिटल ल्याइएकोमा राति ८ चिकित्सकले मृत घोषणा गरेका थिए ।

धरानबाट काँकडभिट्टातर्फ आउने क्रममा सो बसले दिउँसो ४ः३० बजे बेलवारीमा अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसले मोटरसाइकल चालकलाई सामान्य ठक्कर दिई सवारी दुर्घटना हुँदा बस चालक इलाम माई नगरपालिका-८ बस्ने अन्दाजी वर्ष २२ का सागर थुलुङ राई सोही स्थानमा झरी घाइते पक्षसँग छलफल गर्न बसेका थिए । सोही स्थानबाट बसका कन्डक्टर शिवसताक्षी नगरपालिका-६ बस्ने वर्ष अन्दाजी २७ का पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटना गराउने सिटौला फरार रहेका छन् । फरार रहेका बसका चालक राई र सह–चालक विराटनगर महानगरपालिका- २ बस्ने वर्ष अन्दाजी १९ का दीपेश दर्जीलाई भने इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मङ्गलवार, साउन १, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर