
बिर्तामोड। झापाको भद्रपुरबाट हिजो दिउँसो प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमध्ये झापा बिर्तामोड नगरपालिका ३ का १९ वर्षीय विवेक खड्का र २१ वर्षीय सरोज चौधरी रहेका छन् ।
उनीहरुलाई भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट २७० मिलिग्राम ब्राउनसुगरसहित मेचीपुल बिटमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।