
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१२ गेलाबारीबाट मोटरसाईकल सहित २५ किलो २४५ ग्राम गाँजा बरामद भएको छ ।
हिजो राती ९ः३० बजे इलाका प्रहरी कार्यालय चिमडी र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले प्र१.०२.०५३प ८९६१ नम्बरको बेबारिसे मोटरसाईकल पछाडी बोरामा लोड गरिएको २५ किलो ५२० ग्राम गाँजा फेला पारेको थियो । मोटरसाईकल चालक सम्बन्धमा खोजतलास भईरहेको छ ।