२०८१ कार्तिक ३, शनिवार , ०३:५५:२८ बजे

Sajhamanch
'

१०१ किलो गाँजासहित तीन जना पक्राउ

सोमवार, असार ३१, २०८१

मोरङ । मोरङको विराटनगर महानगरपालिका–४ ईक्राहीबाट १०२ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ परेका छन् ।

बा ६ च ४६८९ नम्बरको कारमा लागूऔषध गाँजा ल्याउदै गरेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कारको डिकीमा लोड गरी ल्याउदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट कार चालक मोरङ केराबारी गाँऊपालिका ५ का ३६ बर्षीय सुरेश लिम्बू, कारमा सवार धनकुटा सागुरिगढी गाँऊपालिका २ का ३४ बर्षीय सुवास नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका १३ कि ४२ बर्षीया लक्ष्मि राई बिकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोमवार, असार ३१, २०८१ | अपराध, समाज

सम्बन्धित खबर