२०८१ पौष २६, शुक्रवार , १०:२३:३९ बजे

Sajhamanch
'

तीन प्रदेशका कृषकलाई आँपका अढाइ लाख बिरुवा बाँड्दै सहारा नेपाल

सोमवार, असार ३१, २०८१

बिर्तामोड । झापाको सक्रिय र स्थापितमध्येको एक बिर्तामोडस्थित गैरसरकारी संस्था सहारा नेपालले २ लाख ५० हजारवटा आँपका बिरुवा वितरण गर्ने तयारी गरेको छ ।

संस्थाका सचिव महेन्द्रकुमार गिरीका अनुसार कार्बन उत्सर्जन न्यूनीकरण परियोजनाअन्तर्गत आँपको व्यावसायिक खेतीका लागि बिरुवा बाँड्न लागिएको हो ।

कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका कृषकहरुलाई आँपको व्यावसायिक खेती गर्न बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराइने उनले बताए । बिरुवा प्राप्त गर्न उक्त संस्थाले केही मापदण्डसमेत बनाएको छ ।

न्यूनतम जग्गाको क्षेत्रफल ५ कट्ठा वा सोभन्दा बढी भएका कृषकलाई मात्र बिरुवा दिइनेछ । त्यस्तै, जग्गादर्ता धनीपूर्जा भएको निजी जग्गा हुनुपर्ने, ऐलानी जग्गा भए उक्त जग्गा आफ्नो स्वामित्वमा रहेको नेपाल सरकारको निस्सा हुनुपर्नेछ ।

जग्गाधनीको नेपाली नागरिकताको प्रमाणपत्र र बैंक खाता हुनुपर्ने, संस्थाले निःशुल्क दिएको बिरुवा हुर्काउने जिम्मा सम्बन्धित कृषकको हुनेछ । बिरुवा न्यूनतम १० वर्षसम्म मास्न नपाइने गिरीले बताए ।

सम्बन्धित खबर