२०८१ कार्तिक ३, शनिवार , १०:११:४७ बजे

Sajhamanch
'

सुनको मूल्यमा नयाँ रेकर्ड

सोमवार, असार ३१, २०८१

काठमाडौं । सोमबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला २ सय रुपैयाँले सुनको भाउ बढेको हो । प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँ मूल्य कायम भएको छ ।

यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८८५ रुपैयाँ कायम भएको छ ।

सोमवार, असार ३१, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर