२०८१ कार्तिक ३, शनिवार , ०७:३६:०८ बजे

Sajhamanch
'

कोशीमा ३७१ जनामा डेंगु संक्रमण

सोमवार, असार ३१, २०८१

विराटनगर । देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् । पछिल्लो चार दिनमा ६१ जना डेंगु संक्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ५३८ जनामा डेंगु देखिएको छ भने सबैभन्दा कम २१ जनामा यस्तै कर्णाली प्रदेशमा डेंगु सङ्क्रमण देखिएको छ ।

यस्तै, कोशीमा ३७१ जना, मधेस प्रदेशमा ३९ जना, गण्डकीमा २३० जना, सुदूरपश्चिममा १६४ जना र लुम्बिनीमा १८१ जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित खबर