२०८१ कार्तिक ३, शनिवार , ०८:१४:३९ बजे

Sajhamanch
'

महोत्तरीमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो डाँका आरोपी

सोमवार, असार ३१, २०८१

जनकपुरधाम । चोरी डकैतीलगायत अपराधका घटनाहरुमा संलग्न रहेका एक जना व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका-२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवनलाई प्रहरीले घुँडामुनि गोली हानेर पक्रराउ गरेको हो ।

उनलाई खोजतलासको क्रममा आइतबार राति १०ः३० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका-५ खैरवनीस्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलालप्रसाद जयसवारले जानकारी दिए ।

डीएसपी जयसवारका अनुसार खोजीको क्रममा फेला परेपछि उनलाई पक्राउ गर्न खोजिएको थियो । तर, उनी भाग्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रण लिएको डिएसपी जयसवारले बताए । गोली लागेर घाते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीलगायत सीमा पारी भारतमा पनि पटक-पटक डकैतीमा संलग्न भएको पाइएको छ ।

सोमवार, असार ३१, २०८१ | अपराध, समाज

सम्बन्धित खबर