
काठमाडौं । शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको १ लाख ४६ हजार ७०० रुपैयाँ पुगेको सुनको भाउ आज घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदी भाउ भने घटेको छ । शुक्रवार तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २५ रुपैयाँले घटेर १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।