२०८१ कार्तिक ३, शनिवार , ०८:१४:३८ बजे

Sajhamanch
'

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

शुक्रवार, असार २८, २०८१

काठमाडौं । आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १८०० रुपैयाँले बढेर १ लाख ४६ हजार ७००य रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार, असार २८, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर