२०८१ कार्तिक ३, शनिवार , ०९:४९:४१ बजे

Sajhamanch
'

झापाको कचनकवलमा उद्धार गर्दागर्दै एउटा हरिण मर्‍यो

शुक्रवार, असार २८, २०८१

झापा। झापाको कचनकवलमा उद्धारको क्रममा एक जङ्गली चित्तल (हरिण) मरेको छ।

डिभिजन वन कार्यालयका अनुसार हिजो साँझ बस्तीमा छिरेको हरिणलाई समातेर वन समितिलाई बुझाउन खोज्दा हरिण मरेको हो।

साँझ ६:२५ बजेको समयमा कचनकवल गाउँपालिका–७ बालुवाडीमा रहेको दिपज्योति सामुदायिक वनबाट निस्किएको करिब १०० केजी तौलको हरिण कचनकवल–७ बालुवाडीस्थित गोबरधन बस्तीतर्फ प्रवेश गर्दा स्थानीयले समातेका थिए।

दिपज्योति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि लिम्बू आफैले आफ्नो ट्याक्टरमा बोकी डिभिजन वन कार्यालयको निर्देशन अनुसार कचनकवल–३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई जिम्मा दिनका लागि लैजाने क्रममा बाटोमा नै सो हरिण मरेको हो।

मरेको हरिण दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई राति जिम्मा दिइएको जनाइएको छ।

शुक्रवार, असार २८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर