२०८१ कार्तिक ४, आइतवार , ०७:५४:०० बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो

बिहिवार, असार २७, २०८१

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७० रुपैयाँ रहेको चाँदी यस दिन १८८५ कायम भएको महासंघले जनाएको छ ।

बिहिवार, असार २७, २०८१ | अर्थतन्त्र, समाज