२०८१ भदौ २२, शनिवार , ११:४८:५६ बजे

Sajhamanch
'

नवीकरण तथा सूचीकरणका लागि आवेदन आह्वान

बुधवार, असार २६, २०८१
                                                                                                          प्रथमपटक प्रकाशित मिति : २०८१/३/२६
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को कर्पाेरेट कार्यालय तथा संस्थाद्वारा सञ्चालित विभिन्न व्यवसायहरुका लागि आवश्यक सूचना सम्प्रेषण, यन्त्र उपकरण, मसलन्द लगायतका वस्तु तथा सेवा प्रदायक व्यक्ति, फर्म तथा कम्पनीहरुबाट विगतमा सेवा प्रदान गर्दै आइरहेकाहरुको हकमा आर्थिक वर्ष २०८१/०८२ मा समेत नवीकरणका लागि आह्वान गरिन्छ । साथै, विगतमा संस्थामा सूचीकृत नभएका तपशिलमा उल्लिखित क्षेत्रसँग सम्बन्धित व्यक्ति, फर्म वा कम्पनीहरुले समेत आर्थिक वर्ष २०८१/०८२ का लागि संस्थामा सूचीकृतका लागि निवेदन पेश गर्नहुन यो सूचना आह्वान गरिएको छ ।
सूचीकृत हुने क्षेत्रहरु :
१ .सञ्चारमाध्यमहरु : छापा मिडिया, एफएम, अनलाइन, टिभी लगायतका हाल सञ्चालनमा रहेका सूचना सम्प्रेषणका सञ्चारमाध्यमहरुलाई नवीकरण वा सूचीकरणका लागि आह्वान गरिन्छ । साथै, विज्ञापन एजेन्सीहरुले समेत यस शीर्षकमा सूचीकरणका लागि आवेदन पेश गर्न सक्नेछन् ।
२. मसलन्द सामग्री बिक्री तथा छपाई : संस्थाका लागि आवश्यक मसलन्द सामग्री बिक्री तथा छपाई गर्न इच्छुक फर्म वा कम्पनीबाट नवीकरण वा सूचीकरणका लागि आह्वान गरिन्छ ।
३. इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री : संस्थालाई आवश्यक पर्ने इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्रीसँग सम्बन्धित सेवाप्रदायक फर्म वा कम्पनीहरुबाट सूचीकरण वा नवीकरणका लागि आह्वान गरिन्छ ।
४. फर्निचर सामग्री आपूर्ति तथा निर्माणकर्ता : संस्थाका लागि आवश्यक फर्निचर सामग्री आपूर्तिकर्ता तथा निर्माणकर्तासँग सूचीकरण वा नवीकरणका लागि आह्वान गरिन्छ ।
५. फ्लेक्स प्रिन्ट तथा डिजिटल बोर्ड : संस्थाका लागि आवश्यक फ्लेक्स प्रिन्ट तथा डिजिटल बोर्ड प्रयोजनार्थ सूचीकरण तथा नवीकरणका लागि आह्वान गरिन्छ ।
६. आइटी यन्त्र उपकरण : संस्थालाई आवश्यक पर्ने आइटी क्षेत्रसँग सम्बन्धित यन्त्र उपकरणका लागि नवीकरण वा सूचीकरणका लागि आह्वान गरिन्छ ।
७ . कृषि औजार तथा सामग्री : संस्था अन्तर्गत सञ्चालित विभिन्न व्यवसायका लागि आवश्यक कृषिजन्य सामग्रीहरु जस्तैः मल, बीउबिजन, मल्चिङ प्लाष्टिक, प्लाष्टिक ट्रे, च्याउको बीउ, औषधि तथा विषादी, गाई, माछा र हाँसको दाना, कोकोपिट, साइलेज प्लाष्टिक सप्लाई गर्ने सप्लायर्सहरुलाई सूचीकृतका लागि आह्वान गरिन्छ ।
८. फायर एक्सटिङग्युसर उपकरण : संस्था अन्तर्गत सञ्चालित विभिन्न व्यवसायका लागि आवश्यक फायर एक्सटिङग्युसर उपकरण सप्लायर्सहरुलाई सूचीकृतका लागि आह्वान गरिन्छ ।
९. तयारी चिया बिक्रेता (अर्थोडक्स तथा सिटिसी) : संस्थाद्वारा सञ्चालित चिया व्यवसायबाट प्रशोधित तथा प्याकेजिङ गरिएको अर्थाेडक्स तथा सिटिसी चिया बिक्री गर्न चाहने इच्छुक सप्लायर्सहरुलाई सूचीकृतका लागि आह्वान गरिन्छ ।
१०. होटल सूचीकरण : यस संस्थामा पाल्नुहुने आगन्तुकहरुलाई बस्न तथा खानाका लागि झापाको काँकरभिट्टा तथा बिर्तामोड क्षेत्रमा रहेका होटलहरुबाट संस्थामा सूचीकरणका लागि आह्वान गरिन्छ ।
११. पेट्रोल पम्प सूचीकरण : संस्था अन्तर्गत सञ्चालित विभिन्न व्यवसायका लागि आवश्यक पर्ने इन्धनका लागि पेट्रोल पम्पहरुलाई सूचीकृतका लागि आह्वान गरिन्छ ।
१२. सवारीसाधन बिक्रेता : चारचक्के, हल्का सवारी साधन बिक्रेताबाट सूचीकरणका लागि निवेदन आह्वान गरिन्छ ।
पुनश्च :
१. माथि उल्लिखित क्षेत्रहरुसँग सम्बन्धित नवीकरण वा सूचीकरणका लागि तपशिल अनुसारको कागजात पेश गर्नुपर्नेछ :
 दर्ता प्रमाण पत्र/नवीकरण प्रमाण पत्र/स्थायी लेखा नं. प्रमाण पत्र
 अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाण पत्र
२. आवेदनका साथ व्यक्ति, फर्म तथा कम्पनीले आफ्नो ठेगाना, इमेल ठेगाना, फोन नं., मोबाइल नं., वेबसाइट (उपलब्ध भए) अनिवार्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।
३. संस्थाबाट उल्लेख भएबमोजिमको सेवा दिन सूचीकृत भएका फर्म तथा कम्पनीसँग मात्र कोटेसन आह्वान गरिने छ ।
४. संस्थाको आवश्यकताका आधारमा माग भएका सामग्री तोकिएको समयमा तोकिएको गुणस्तरमा उपलब्ध गराउन नसक्ने फर्महरुलाई सूचीकरणमा नराख्न सकिनेछ ।
५. सूचीकरण वा नवीकरणका लागि आवेदन पेश गर्ने अन्तिम मिति : २०८१ साउन ७ गते सोमवार कार्यालय समयभित्र ।
६. आवेदन पेश गर्ने स्थान : संस्थाको कर्पाेरेट कार्यालय, मेचीनगर–६, काँकरभिट्टा वा संस्थाको आधिकारिक इमेल ठेगाना : [email protected]
                                                           थप जानकारीका लागि : मो. ९८५२६८९४१५ (प्रशासन विभाग)
                                                                                                                                            कर्पाेरेट कार्यालय
बुधवार, असार २६, २०८१ | विज्ञापन

सम्बन्धित खबर