२०८१ कार्तिक ४, आइतवार , ०७:५३:५७ बजे

Sajhamanch
'

माई खोलामा आएको बाढीले झापा गाउँपालिकाका ५१ घर प्रभावित

मङ्गलवार, असार २५, २०८१

झापा । अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले झापा गाउँपालिकाका ५१ घर प्रभावित भएका छन् । मंगलबार बिहान अन्दाजी ११ः३० बजेको समयमा अविरल वर्षाका कारण गौरीगञ्ज र झापा गाउँपालिका- १ को सिमाना टप्पुस्थित माई खोलामा आएको बाढीले झापा गाउँपालिका-२ सुगाबथान बस्तीका बासिन्दा प्रभावित भएका हुन् । बस्तीमा अन्दाजी अढाई फिट पानी पसेको प्रहरीले जनाएको छ । त्यस्तै झापा-२ को कुवाडीगाउँमा पनि घुँडासम्म पानी जमेको छ ।

उक्त स्थानतर्फ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक दीपेन्द्र राईको कमान्डमा ४ जनाको टोली र बीओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जनाको टोली खटिएको छ । माई खोला नजिकै रहेका झापा १ को मिलनबस्ती , सालमारा , लसुनगंज , सितुमारी र झापा २ को टप्पुगाउँ , सुगाबथान , कुवाडी , हवलदार बस्ती ,बालुवाटार र सडकवारि जोखिममा परेका छन् ।

मङ्गलवार, असार २५, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर