२०८१ कार्तिक ४, आइतवार , ०४:२४:३९ बजे

Sajhamanch
'

लागुऔषधसहित तीन जना पक्राउ

मङ्गलवार, असार २५, २०८१

विराटनगर। मोरङ र धनकुटाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–६ का ३२ वर्षीय अभिषेक मगर र २४ बर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १९ प ९८७७ नम्बरको मोटरसाइकल चालक साँगुरीगढी–९ का २६ वर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

मङ्गलवार, असार २५, २०८१ | अपराध, समाज

सम्बन्धित खबर