
झापा । झापाको झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका–२ का रहमान आलम मियाको ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन । हिजो दिउँसो खोलामा खेल्ने क्रमममा पानीमा डुबी घाइते भएका उनको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।