२०८१ कार्तिक ५, सोमवार , १२:००:५३ बजे

Sajhamanch
'

सेयर बजार घट्यो, चार अर्ब ५६ करोड रुपैयाँको कारोबार

सोमवार, असार २४, २०८१

काठमाडौं । आज सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । लगातार बढेको पाँच कारोबार दिनपछि आज नेप्से चार दशमलव ६२ अङ्कले घटेर २ हजार १३६ दशमलव ३५ अङ्कमा झरेको छ ।

यस्तै हिजो अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको कारोबार भयो । आज ९५ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने १० को स्थिर रह्यो ।

आज फाइनान्स, लघुवित्त र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज मोलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि समाज लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

सोमवार, असार २४, २०८१ | अर्थतन्त्र, समाज