
बिर्तामोड। झापा बाह्रदशीको राजगढमा पैनीमा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
हिजो राति ९ः३० बजे बाह्रदशी गाउँपालिका वडा नम्बर-२ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो ।
डुबेको अवस्थामा भेटिएको उनको शवलाई स्थानीयले पैनीबाट बाहिर निकालेका थिए । शवनजिकै साइकल समेत भेटिएको थियो ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रियाको पूरा गरेर शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको झापा प्रहरीले जनाएको छ ।