२०८१ कार्तिक ४, आइतवार , ०८:१६:३१ बजे

Sajhamanch
'

दमक र मेचीनगरबाट लागुऔषधसहित ३ जना पक्राउ

सोमवार, असार २४, २०८१

झापां । झापाको दमक र मेचीनगरबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–४ कृष्ण मन्दिर छेउबाट ६ ग्राम ब्राउन सुगरसहित सोही स्थानका ३१ बर्षीय भानु वाह्रकोटी र मोरङ उर्लाबारी नगरपालिका–७ का ३६ वर्षीय खगेन्द्र न्यौपानेलाई पक्राउ गरेको छ ।

त्यस्तै, मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ६७० मिलिग्राम ब्राउनसुगरसहित झापा बुद्धशान्ति गाउँपालिका–१ का २१ वर्षीय विशाल श्रेष्ठ पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैबीच, मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट भारतबाट नेपाल आउँदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका–४ का २३ वर्षीय दिपेश चौधरी र सुनवर्षी नगरपालिका–१ का २० वर्षीय लोकेन्द्रबहादुर खतिवडालाई लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २.१८ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

सम्बन्धित खबर