२०८१ कार्तिक ४, आइतवार , १२:५९:१२ बजे

Sajhamanch
'

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

सोमवार, असार २४, २०८१

काठमाडौं । ‘राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०)’ प्रतिनिधि सभामा पेस गरिएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकी हुन् ।

संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार सो वार्षिक प्रतिवेदन पनि पेस गरिएको हो ।

सम्बन्धित खबर