२०८१ कार्तिक ४, आइतवार , ११:४५:४३ बजे

Sajhamanch
'

एसएलआर हतियारसहित लुटेरा समूहका तीन जना पक्राउ

सोमवार, असार २४, २०८१

झापा । हतियार देखाएर लुटपाट गरिरहेको समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार साँझ पत्रकार सम्मेलन गरी लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो ।

प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको थियो । लुटेरा समूहले गाउँका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको स्थानीयहरूले जाहेरी दिएका थिए ।

प्रहरीले उनीहरूको साथमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्यागेजिन, २५ राउन्ड गोली, ३ थान वकीटकी, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याट ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल पनि बरामद गरेको छ ।

सोमवार, असार २४, २०८१ | अपराध, समाज

सम्बन्धित खबर