२०८१ कार्तिक ४, आइतवार , ०५:५२:४१ बजे

Sajhamanch
'

कमलमा महिलालाई खुकुरी प्रहार गरेर भागेका युवा पक्राउ

आइतवार, असार २३, २०८१

बिर्तामोड। झापा प्रहरीले झापा कमल गाउँपालिकामा एक महिलालाई धारिलो हतियार प्रहार गरेर भागेका युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा महिलामाथि खुकुरी हान्ने कमल-६ मा डेरा गरेर बस्ने रुपेश सदा रहेका छन् ।

सप्तरीको राजविराज-११ का ४१ वर्षीय सदाले झापा कमल-६ सुकुम्बासी टोल बस्ने ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई खुकुरी र छुरीले टाउको र दुवै हातमा प्रहार गरेर घाइते बनाएका थिए ।

हतियार प्रहार गरेर भागेका सदालाई सप्तरीको बिसनपुरबाट नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय दमकमा राखेर घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

तीनचक्के विद्युतीय गाडी सिटी सफारी चलाउँदै आएका सदाले हिजो असार २२ गते दिउँसो १ बजे विवाहित सुमित्रालाई हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर